विश्व

कान्छी छोरीका साथ देखिए उत्तर कोरियाली नेता किम

उत्तर कोरियाका नेता किम जोङ–उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन् । विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा व्यापक भएको छ