बैंकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न



सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवद्र्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने शिखर सम्मेलन ब्याङकक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सन् २०४० सम्ममा एशिया–प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रुपमा विकास गर्ने तथा एशिया–प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ ।

नेतृत्व पङ्तिले यो वर्ष एशिया– प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउन भएको प्रगतिको स्वागत गरेको छ भने त्यसको गतिलाई गुणस्तरीय ढङ्गले निरन्तरता दिन सहमति जनाएको छ ।

घोषणापत्रमा भौतिक, संस्थागत र जनताबीचको सम्पर्कलाई सुदृढ गर्ने, ‘डिजिटल कनेक्टिभिटी’बाट अधिकतम लाभ लिने, गुणस्तरीय पूर्वाधार विकास र लगानीका माध्यमबाट क्षेत्रीय, उप–क्षेत्रीय र दुर्गम क्षेत्र जोड्न आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

एशिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक मञ्च एपेकलाई आधुनिक, कुशल र प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सदस्य राष्ट्रबीच सहयोग बढाउने, हरित अर्थतन्त्रको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिने।

नेतृत्वलाई सुदृढ पार्ने प्रयासमा जोड दिने, साझा चुनौतीको व्यावहारिक समाधानमा योगदान पुर्याउने, दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०३० भित्र हासिल गर्ने लक्ष्य निर्धारण गरेका विश्वव्यापी प्रयासमा हातेमालो गर्दै अघिबढ्ने दृढता घोषणापत्रमा व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको