सुरक्षा कारबाहीमा नाइजेरियामा ५० हतियारधारीको मृत्यु



नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतंककारी समूहहरुको हात रहेको छ।

गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ।

यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ।

यहाँको बोर्ना राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन्।

उनीहरुका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरु गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकू कमाण्डर मारिएका बताइएको छ।

यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरुलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ। साथै बोको हराम र अरु स्थानीय आतंककारी समूहका कैयौं सदस्यले आत्मसमर्पण पनि गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको