युक्रेन युद्धले विश्वभर ऊर्जा र खाद्य संकट बढाउने भन्दै भारतको चिन्ता



युक्रेनमा जारी द्वन्द्वका कारण भारतले विश्वभर ऊर्जा र खाद्य सुरक्षाको बारेमा बढ्दो चिन्ता व्यक्त गरेको छ ।

युक्रेनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूतले युक्रेन द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा पर्ने प्रतिकूल प्रभाव परेको बताएका छन् ।

उनले युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित नभई विश्वभर उत्तिकै डरलाग्दो रहेको बताएका छन् । युक्रेनका २४ क्षेत्रहरू मध्ये कम्तिमा १६ क्षेत्रहरूमा र राजधानी कीभमा महत्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण हुन थालेपछि युक्रेनका लाखौं मानिसहरू आज बिजुली, पानी लगायत इन्धनको अभावमा पर्न थालेका छन् ।

ऊर्जा मन्त्रालयका अनुसार युद्ध शुरु भएदेखि नै ऊर्जा पूर्वाधारमा अहिले ठूलो क्षति हुँदै गएको र यसले देशभरका रेलहरूमा व्यापक ढिलाइ भएको र लाखौं मानिसहरूलाई दूरसञ्चारविहीन बनाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको