रुसी आक्रमणका कारण एक करोड युक्रेनीहरू विद्युत सेवाबाट वञ्चित



रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा गरिएका पछिल्ला क्षेप्यास्त्र आक्रमणहरूपछि एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको जनाएका छन् । हमलाहरूमा कम्तीमा सात जना मारिएका र त्यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल शहर क्षेत्रमा ७० वटा बम प्रहार भएका छन्। त्यहाँका हजारौँ घरहरूमा पानी र बिजुली आपूर्ति बन्द छ ।

उनले युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले छ वटा क्रुज क्षेप्यास्त्र र पाँच वटा ड्रोनहरू निस्तेज तुल्याइदिएको बताए । रुसले युक्रेनमाथि बिहीबार ताजा क्षेप्यास्त्र हमलाहरू गरेको थियो ।

अहिलेसम्मकै भयानकमध्ये पर्ने बम हमलाहरू गरेको दुई दिनमै गरिएको उक्त आक्रमणको निशानमा सर्वसाधारणका भवन र ऊर्जा केन्द्रहरू परेका छन् ।

प्रधानमन्त्री डेनिस श्मिहालले क्षेप्यास्त्र उत्पादन गर्ने कम्पनी आक्रमणमा परेको बताए । युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी शहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन् ।

अर्का अधिकारीले किशोर किशोरी सहित २३ जना घाइते भएको जानकारी दिए । गैरसैनिक नागरिकको हताहतबारे बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

पूर्वमा रहेको एउटा ग्यास उत्पादन केन्द्र र डिनिप्रोस्थित एउटा क्षेप्यास्त्र फ्याक्ट्री लगायतलाई पछिल्ला निशाना बनाइएको अधिकारीहरूको भनाइ छ ।

ऊर्जा आपूर्ति बन्दको मारमा खास गरी राजधानी कियभ, पश्चिमी शहर भिनित्स्या, दक्षिण पश्चिमी तटीय शहर ओदेसा र उत्तर पूर्वी शहर सुमीका बासिन्दा छन् ।

सरकारी स्वामित्वको ऊर्जा निकाय नफ्तोग्याजले देशको पूर्वमा रहेका ऊर्जा केन्द्रहरू भयानक आक्रमण परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई