टर्कीस् राष्ट्रपति एर्दोगान र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता



टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन बीच टेलिफोन वार्ता भएको छ । वार्तामा अनाज निर्यात सम्झौता र प्राकृतिक ग्यास सहयोगका बारेमा छलफल भएको टर्कीका राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

टर्कीमा प्राकृतिक ग्यास हब स्थापना गर्ने पुटिनको प्रस्तावको प्रशंसा गर्दै एर्दोगानले टर्कीका टोलीले आवश्यक प्राविधिक, कानुनी र व्यावसायिक मूल्याङ्कन अगाडि बढाउने बताएका छन् ।

राष्ट्रपति एर्दोगानले युक्रेनबाट अनाज निर्यातमा भएको सम्झौताको विस्तारमा पुटिनको रचनात्मक अडानका लागि धन्यवाद पनि दिएका छन् ।

राष्ट्रपति एर्दोगानले यसअघि ट्वीट गर्दै टर्किले आयोजना गरेको चारतर्फी वार्तापछि ब्ल्याक सी ग्रेन करिडोर सम्झौता नोभेम्बर १९ सम्म १२० दिनका लागि लम्ब्याइएको बताएका छन् ।

प्रारम्भिक सम्झौता, रसिया र युक्रेनले जुलाईको अन्तमा टर्की र संयुक्त राष्ट्र संघसँग छुट्टाछुट्टै हस्ताक्षर भएको थियो। यसको उद्देश्य रुससँगको द्वन्द्वको क्रममा युक्रेनबाट विश्व बजारमा खाद्यान्न र मल निर्यात सुनिश्चित गर्ने थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको