विश्व

चीनमा बुद्धको भीमकाय मूर्तिको पाउसम्म बाढी, एक लाख मानिसको उद्दार

सन् १९४० को दशकपछि आएको सबैभन्दा ठूलो बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा भीमकाय मूर्तिको पैतलासम्म पुगेको छ । उक्त मूर्ति ७१ मिटर अग्लो छ । सिचुवान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ