विश्वमा दुई करोड २ करोड २३ लाख भन्दा बढीलाई कारोना संक्रमण



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २३ लाख ५ हजार ८ सय ८० जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ५० लाख ४५ हजार ८ सय ७९ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार ३ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ६४ लाख १३ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६२ हजार बढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५६ लाख ५५ हजार ९ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३० लाख ११ हजार बढी निको भएका छन् भने १ लाख ७५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३४ लाख ११ हजार ८ सय ७२ पुगेको छ भने १ लाख १० हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २५ लाख ५४ हजार १ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २७ लाख ६६ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार बढीको ज्यान गएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ ।

संक्रमितमध्ये २० लाख ३६ हजार भन्दा धेरै निको भएका छन् भने ६ लाख ७६ हजार ९ सयबढीको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ९ बढीको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो