अमेरिकामा पृथ्वीकै ‘उच्च तापक्रम’ मापन



अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ५४.४ डिग्री सेल्सीयस आइतबार मापन गरिएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले सो तापक्रम मापनको अध्ययन गरिरहेको छ । अमेरिकाको पश्चिमी क्षेत्रमा भइरहेको तापक्रम वृद्धिका बीच यो तापक्रम मापन गरिएको हो ।

त्यहाँ आउने साता अझै तापक्रम बढ्ने आकलन गरिएको छ । शनिवार उच्च तापक्रमका कारण ऊर्जा कारखानामा समस्या भएपछि क्यालिफोर्नियामा दुई दिन विद्युत् बन्द भएको थियो । निकुञ्जमा कार्यरर ब्रान्डी स्टेवार्टले यहाँ अत्याधिक गर्मी रहेको बताइन् । यसअघि सन् २०१३ मा त्यहाँ ५४ डिग्री सेल्सीयस मापन गरिएको थियो ।

एक शताब्दीअघि त्यहाँ ५६.६ डिग्री मापन भएको बताइन्छ । तर त्यसले आधिकारिकता पाएको छैन । सन् १९१३ मा त्यहाँ गरिएको तापक्रम मापन वरपरको क्षेत्रमा गरिएको मापनसँग मेल नखाने मौसम इतिहासविद् क्रिस्टोफर बर्ट बताउँछन् । ट्यूनिशियामा सन् १९३१ मा ५५ डिग्री सेल्सीअस तापक्रम मापन गरिएको दाबी गरिए पनि त्यो बर्टका विचारमा विश्वसनीय मापन होइन ।

दुईदेखि तीन दिन लगातार ३२ डिग्री सेल्सीअसभन्दा बढी तापक्रम भएमा त्यसलाई प्रचण्ड गर्मी भनिन्छ । अमेरिकी जनस्वास्थ्यविज्ञहरूका अनुसार अमेरिकामा मौसमका अरू कारणले भन्दा प्रचण्ड गर्मीले त्यहाँ धेरै मानिसहरूको मृत्यु हुने गरेको छ । उच्च तापक्रमले मानिसहरूहरू शरीरमा पानी कम हुनेदेखि घातक असरसम्म पार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

  कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका

युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिकको मृत्यु

बीबीसी । युक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५० हजार नाघेको बीबीसीले पुष्टि

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी