आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने अस्ट्रेलियाको घोषणा



अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि निःशुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ ।

प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए ।

उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई निःशुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ । प्रधानमन्त्री मरिसनले यो खोपको परीक्षण सफल भएमा त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीका निम्ति निःशुल्क लगाउने बताए । तर सबै जनसङ्ख्यामा खोप पुर्याउन लाग्ने खर्चको अनुमान अझै निश्चित भइसकेको छैन ।

कोरोनाभाइरसबाट अस्ट्रेलियामा ज्यान गुमाउनेको सङ्ख्या करिब साढे चार सयमा अडिएको छ । यो महिनाको सुरुमा भिक्टोरिया राज्यले कोरोनाभाइरसको सङ्क्रमण फेरि देखिएपछि लकडाउनका कडा प्रतिबन्धहरू लागु गर्दै राज्यस्तरीय विपद्को घोषणा गरेको थियो । अस्ट्रेलियामा अझैँ पनि सात हजार सक्रिय सङ्क्रमित छन् ।

जसले त्यहाँ खराब अवस्था आउने चिन्ता जीवित राखेको छ । अक्सफोर्ड र आस्ट्रजेनेका खोप परीक्षणमा पुगेका पाँच महत्वपूर्ण प्रयासमध्ये एक हो । जसलाई विश्वभरिका देशहरूले आफ्ना नागरिकको निम्ति सुरक्षित राख्न चाहिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’