जासुसी गरेको आरोपमा सीआईएका भूतपूर्व अधिकारी पक्राउ



अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक पूर्वअधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ । ती नातेदार पनि सीआईएका कर्मचारी थिए ६७ वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।

उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ । चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् । मालाई मङ्गलवार अदालतमा पेस गरिन लागेको छ । दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ ।माको जन्म हङ्कङमा भएको थियो तर उनी अमेरिकाका अङ्गीकृत नागरिक हुन् । उनले सन् १९८२ मा सीआईएमा काम गर्न थालेका थिए ।

अभियोजनकर्ताहरूका अनुसार सात वर्षपछि सीआईए छोडेर उनी अर्कै काम गर्न चीनको शाङ्घाई गए र २००१ मा फर्किए । मार्च २००१ मा हङ्कङमा भेटघाटहरू भएपछि मा र उनका नातेदारले एक दशक चीनका लागि जासुसी गरेको आरोप छ । ती दुईले सीआईएका कर्मचारी, गतिविधि र सञ्चार गोप्य राख्ने उपायहरूबारे चिनियाँ पक्षलाई जानकारी दिएको बताइएको छ ।

हङ्कङमा भएको एउटा भेटमा गोप्य सूचना दिएबापत माले ५० हजार डलर लिएको भिडियो प्रमाण उपलब्ध भएको अमेरिकाको दाबी छ । अदातलमा पेस गरिएको कागतपत्रमा हवाईमा बस्दा माले चीनका लागि सूचना सङ्कलन गर्ने उद्देश्यले एफबीआईमा काम गर्न खोजेको उल्लेख छ ।

उनलाई एफबीआईको होनोलुलुस्थित कार्यालयले सन् २००४ मा करारमा भाषाविद्को जागिर दिएको थियो । उनले त्यहाँबाट गोप्य कागजपत्र चोरेको आरोप छ । तर उनलाई किन पक्राउ गरिएको थिएन भन्ने स्पष्ट छैन । माको षड्यन्त्रमा संलग्न उनका नातेदारको नाम उल्लेख गरिएको छैन । तर उनी ८५ वर्षका भएका र अमेरिकाका अङ्गीकृत नागरिक भएको अभियोजनकर्ताहरूको भनाइ छ । उनी शाङ्घाईमा जन्मिएका थिए । स्वास्थ्यस्थिति कमजोर भएकाले ती वृद्धलाई पक्राउ गर्न खोजिएको छैन ।

अमेरिकी सहायक महाधिवक्ताले चीनले लामो समयदेखि जासुसी गरेको र अमेरिका पूर्वगुप्तचरहरू पनि संलग्न भएको बताएका छन् । नोभेम्बर महिनामा चीनका लागि जासुसी गरेको ठहर भएका जेरी चुन शिङ लीलाई १९ वर्ष कैद सुनाइएको थियो । लीले उपलब्ध गराएको जानकारीका आधारमा चीनले सन् २०१० देखि २०१२ सम्म सूचनादाताको एउटा सञ्जाललाई ध्वस्त बनाइदिएको थियो ।

सीआईएका अर्का गुप्तचर केभिन मेलोरीलाई गत वर्ष मे महिनामा २० वर्षको सजाय सुनाइयो । त्यसैगरी दोषी ठहर भएका रोन रक्वेल ह्यान्सनले सेप्टेम्बर महिनामा १० वर्षको सजाय पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले