कोरोना संक्रमणबाट विश्वमा ७ लाख ७७ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाघेको छ ।

करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड २० लाख ४२ हजार १ सय २८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ५ सय भन्दाबढी संक्रमित भएका थिए । यस्तै, संक्रमितमध्ये ७ लाख ७७ हजार २ सय १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार भन्दाबढी मृत्यु भएका छन् ।

यस्तै, १ करोड ४७ लाख ८५ हजार ५ सय १४ उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६४ लाख ७९ हजार ३ सय ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६२ हजार बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख १२ हजार नाघेको छ । कोरोनाका कारण १ लाख ७३ हजार ७ सयबढीको मृत्यु भएका छन् भने २९ लाख ७३ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३३ लाख ६३ हजार २ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ८ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख ७८ हजार ४ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २७ लाख १ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ५१ हजार ९ सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १९ लाख ७६ हजार २ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, नेपालमा २७ हजार २ सय ४१ सङ्क्रमित, १७ हजार ४ सय ९५ निको भएका, १ सय ७ जना सङ्क्रमणका कारण मृत्यु भएका र नौ हजार ६ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद