सिंगापुरद्वारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा



सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ । सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएका जनाइएको छ ।

साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै त्यहाँको सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापकहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए ।

कोरोनाका कारण त्यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि बृद्धि भएको देखिएको छ । त्यहाँ पछिल्लो महिना २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरी देखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो ।

उपप्रधानमन्त्री कायतले सिंगापुर सरकारले यो राहातको कार्यक्रम मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि गरेको हो ।
यस अवधिमा यहाँ आर्थिक क्रियाकलापकरुलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरुमा गुमेका रोजगारीहरु पनि पुनस्र्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन् ।

यो रकम हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको ज्याला आदिका लागि पनि उपलब्ध गराइने उनले बताए ।
विश्वको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीले असर गरेसँगै यसको प्रभाव सिंगापुरमा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय