विश्व

कश्मीरको हिमपहिरोमा परी चार सैनिकसहित छ जनाको मृत्यु

भारतीय सेनाका एक अधिकारीले भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको जनाएका छन्। आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९,००० फिट (५,८०० मिटर) को उचाइमा गस्ती गर्दै थिए। त्यही बेला उनीहरू हिमपहिरोमा परेका