हङ्‍कङमा विरोध प्रदर्शनका क्रममा एक जनाको मृत्यु



हङ्‍कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ती वृद्धलाई खाजा खाने समयमा बाहिर निस्केका बेला ‘मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको साह्रो वस्तु’ लागेको थियो।

प्रहरी कारबाहीका क्रममा भवनबाट खसेर एकजना प्रदर्शनकारीको मृत्यु भएको एक हप्ताभन्दा कम समयपछि विरोध प्रदर्शनमा मृत्यु भएको यो दोस्रो घटना हो।

पछिल्लो पाँच महिनादेखि हङ्‍कङमा राजनीतिक अशान्ति फैलिएको छ। एउटा विज्ञप्ति जारी गर्दै सरकारले आफूहरू उक्त घटनाका कारण ‘दुखी भएको’ बताएको छ।

“मास्क लगाएका प्रदर्शनकर्ताहरूले विभिन्न स्थानमा लगातार तीन दिन निकै हिंसात्मक कार्यहरू गरे र उनीहरूले सर्वासाधारणहरूलाई समेत आक्रमण गरे,” सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाको भनिएको भिडिओमा प्रदर्शनकर्ता र सरकार समर्थकहरूले एकअर्का माथि इट्टा प्रहार गरिरहेको देखिन्छ। त्यही क्रममा एकजना मानिसको टाउकोमा इट्टा लागेपछि ती मानिस लडेको देख्न सकिन्छ।

अधिकारीहरूका अनुसार ती वृद्धको मृत्यु भोलिपल्ट अस्पतालमा भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। गत शुक्रवार प्रदर्शनस्थल खाली गराउन गरिएको प्रहरी कारबाहीका क्रममा एक जना २२ वर्षीय विद्यार्थीको पार्किङ स्थलबाट खसेर मृत्यु भएको थियो।

विवरणहरूका अनुसार उनी अश्रुग्यास प्रहारबाट बच्ने प्रयास गरिरहेका थिए। उक्त घटनापछि प्रदर्शन झन् चर्कँदै गएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको

एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै

सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल