भारतमा रजस्वलाको उमेर भएका महिलालाई मन्दिर प्रवेश दिलाउने फैसलाको पुनरावलोकन हुने



भारतको सर्वोच्च अदालतले रजस्वलाको उमेर भएका महिलाहरूलाई दक्षिण भारतको एउटा हिन्दू मन्दिरमा प्रवेश दिलाउने आफ्नो फैसलालाई पुनरावलोकन गर्न सहमति जनाएको छ। पाँचजना न्यायाधीश रहेको एउटा इजलासले गतवर्ष एउटा फैसला सुनाउँदै सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश नदिने व्यवस्था विभेदकारी भएको बताएको थियो।

उक्त मन्दिर रहेको दक्षिण भारतीय राज्य केरलामा त्यसले ठूला प्रदर्शनहरू निम्त्याएको थियो। उक्त मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरूलाई रोक्नुका साथै र अपहेलित गर्ने काम समेत गरिएको थियो।

अहिलेको कदमले मन्दिर प्रवेशका निम्ति लडेका महिलाहरूलाई क्रुद्ध पार्ने ठानिएको छ। हिन्दू धर्मले रजस्वला भएको बेला महिलाहरूलाई अशुद्ध मान्दछ र यस्तो समयमा उनीहरूलाई धार्मिक क्रियाकलापमा भाग लिनबाट रोक्दछ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो। मन्दिर सञ्चालन गर्ने एकजना अधिकारीले चाहिँ अदालतको आदेशको स्वागत गर्दै महिलाहरूलाई त्यहाँ नआउन भनेका छन्।

गत वर्ष अदालको फैसला आएपछि पनि आक्रोशित प्रदर्शनकारीहरूको भिडले महिला धर्मावलम्बीहरूमाथि बल प्रयोग गरेका थिए जसका कारण थुप्रै महिलाहरू त्यहाँबाट फर्किए।

मन्दिरतर्फ जाने गाडीहरूमा रजत्वला हुने उमेरका महिलाहरू छन् कि छैनन् भनेर ती आक्रोशित मानिसहरूले जाँच गरेका थिए।

गत वर्षको अदालती निर्णयको प्रतिक्रियास्वरूप दायर भएका दर्जनौँ निवेदनपछि बिहीवार न्यायाधीशहरूले अब अझ ठूलो इजलासमा त्यसको सुनुवाइ हुने बताए।

उनीहरूले त्यसो भनिरहँदा यसअघिको फैसला भने रद्द गरेका छैनन्। त्यसको अर्थ महिलाहरू अझै कानुनी रूपमा मन्दिरमा प्रवेश गर्न पाउँछन्। तर त्यो उनीहरूका लागि सहज भने हुने छैन।

गत वर्ष आक्रोशित हिन्दू धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयपछि पनि मन्दिर सबरीमालाभित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका थिए।

बिहीवारको आदेशपछि केरलाको प्रहरीले मानिसहरूलाई शान्त रहन भनेको छ। सामाजिक सञ्जालको निगरानी गरिने र धार्मिक अस्थिरता गराउन खोज्नेलाई पक्राउ गरिने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका