सडक विभागको नेतृत्व किन यतिसारो गैरजिम्मेवार भएको होला ?



शारदाप्रसाद त्रिताल ।
नागरिकको आवागमनमा सहज र सुगम बनाउने मुख्य माध्यम सडक यातायात मानिन्छ । तर देशमा अनेकौं सडक सञ्जाल बनेर पनि नागरिकमा सहजता भने आउन सकेको छैन । अधिकांश सडकहरुको अवस्था दर्दनाक देखिन्छ । हालै म पारिवारिक घुमफिरको लागि पृथ्वी राजमार्गबाट नागढुंगा–नौबिसे–मुग्लिन–भरतपुर–सौराहा–हेटौंडा हुँदै कान्ति राजमार्गको बाटोबाट ललितपुरको सातदोबाटो भएर काठमाण्डौस्थित घर आइपुगें । हाम्रो यात्राका यी सबै मार्ग राजमार्ग (लोकमार्ग ?) मानिन्छन् । यी सडकको अवस्था कस्तो छ भन्ने कुरा देशको सबैभन्दा ठूलो चाड बडादशैंमा काठमाडौंबाट बाहिर जाने र आउने लाखौं नागरिकहरुले एकसाथ महसूस गरेका छन् । अरु समयमा दैनिक रुपमा आवतजावत गर्ने हजारौं नागरिकहरुको पीडा पनि उस्तै छ । भुक्तभोगीहरुबाट सुन्नमा आए अनुसार यस्तै अन्य सडकखण्ड त्रिभुवन राजपथको नौबिसे–भीमफेदी र भीमफेदी–दक्षिणकाली मार्ग जस्ता काठमाण्डौं आउने र जाने सडकहरुको अवस्था पनि यस्तै छ ।

यसैगरी मुग्लिन–पोखरा मार्ग, नारायणगढ–बुटबल मार्ग जस्ता पर्यटकीय दृष्टिले अति महत्वपूर्ण मानिने सडकहरु त झनै दर्दनाक अवस्थामा छन् । देशको राजधानी जोड्ने सडकहरुको त यो दशा छ भने अरु सडकहरुको अवस्था झन कस्तो होला ! हेटौंडाबाट कान्ति राजमार्ग भएर ललितपुरको सातदोबाटो निस्कने क्रममा अति रमणीय दृष्यहरु हेर्दै यात्रा गर्न पाइने रहेछ । तर ८४ किलोमिटर लामो यस सडकका धरैजसो खण्डहरु यति खतम रहेछन् कि साना कारहरुबाट यात्रा गर्न अत्यन्तै कठिन रहेछ । म साना कार लिएर यो मार्गबाट यात्रा नगर्न सल्लाह दिन्छु । यस्ता महत्वपूर्ण सडकहरुको समयमा मर्मत गर्ने मुख्य दायित्व सडक विभागको हो ।

विभागको नेतृत्व किन यतिसारो गैरजिम्मेवार भएको होला ? सम्बन्धित मन्त्रालयका सचिव के गरेर बस्दा हुन् ? सम्बन्धित मन्त्रीको जिम्मेवारी कमिशन उठाउने मात्रै हो ? प्रधानमन्त्री कार्यालयका आधा दर्जन सचिवहरुले कस्तो प्रगति विवरण तयार गरेर बस्दा हुन् ? संसदीय समितिका सदस्यहरुलाई यस्ता विषयमा ध्यान दिने फुर्सद कहाँ होला र ! हेलिकप्टरमा चढेर देश दर्शन गर्न रुचाउने प्रधानमन्त्रीलाई सर्वसाधारण जनतासँग सम्बन्धित यस्ता विषय प्राथमिकतामा पर्ने कुरै भएन । समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गर्ने निर्जीव संविधानलाई त सरोकार हुने विषय नै यो होइन ! कठै हामी नेपाली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने

रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको

४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि