कस्तोलाई मान्ने प्रेम र कस्तो अवस्थालाई बलात्कार ?



काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाइएकोप्रति केही सांसदले असन्तुष्टि जनाएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार सन्दीपलाई आठवर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

फैसलाप्रति संकेत गर्दै नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बलात्कारको परिभाषाको आवश्यकता रहेको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ । कस्तो अवस्थालाई प्रेम ? र कस्तो अबस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ?अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता!!’

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पूर्वसभामुख कृष्णबहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाली लाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्,:

मुद्दाको प्रकृति एउटै तर फैसला फरक किन ?
सम्मानित अदालतललाई म सम्मान गर्छु तर पूर्वसभामुख कृष्णबहादुर महरा र अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीलाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ?
१. महरा पीडितको घरमै गएका थिए भने सन्दीप होटलमा

२.  महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन् ।
त्यसो भए महरालाई चोख्याएको न्यायालयले सन्दीपलाई चैं किन आठबर्ष जेल सजाय तोकेको ?
सन्दीपले ८ बर्ष जेल बस्नुपर्छ भने महराले चै किन बस्नुपरेन ???
न्याय सबैलाई बराबर हुनुपर्ने होइन र ?

त्यस्तै गण्डकी प्रदेशसभाका एकजना सदस्यले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाइएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमार्फत प्रदेशसभा सदस्य कृष्ण पाठकले विदेशीको इशारामा होनहार क्रिकेटरलाई बली चढाइएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरुको इसारामा बली चढाईयो ।’ बुधबार अदालतले सन्दीपलाई आठ वर्ष कैद सजाय तथा तीनलाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति दिन फैसला सुनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाको आक्रोशः ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई

रास्वपाको गुनासोः हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले आफूहरुको मागको सुनुवाइ गर्नुको साटो पेलेको बताएको

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री पौडेल(अन्तरवार्ता)

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार

लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग