तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु



तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन् ।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराए ।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको उनले बताए ।

मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ । “तान्जानिया राष्ट्रिय सडक सञ्जाल, तान्जानिया ग्रामीण र शहरी सडक निकाय, र तान्जानिया रेलवे कर्पोरेसनलाई क्षतिग्रस्त सडकहरू र रेलवेहरूको तत्काल जीर्णोद्धारको लागि तत्काल मूल्याङ्कन गर्न आदेश दिइएको छ,” उनले भने ।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या