हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम प्रहार



हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा आइतवार रातभरि भएको छ । उनीहरूबीच सोमवार बिहान फेरि झडप भएपछि तनाव चर्किएको छ।

प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुङ्गा र अरू घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ। राति पोलिटेक्निक यूनिभर्सिटी (पोलियू) भित्र प्रहरी प्रवेश गर्न खोजेपछि सयौँ प्रदर्शनकारीहरूले प्रतिरोध गरेका थिए।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो। अहिले प्रहरीले पोलियूलाई घेरेको छ।

आफूमाथि त्यस्तो आक्रमण नरोकिए गोली प्रहार गर्ने चेतावनी सुरक्षाकर्मीहरूले दिएका थिए। महिनौँदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण हङ्‌कङ अस्तव्यस्त भएको छ।

चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्‌कङमा आन्दोलन सुरु भएयता अहिले प्रदर्शनले सबैभन्दा उग्र रूप लिएको छ।

प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लाग्ने गरेको छ भने उग्र प्रदर्शनकारीहरूले प्रहरीलाई तारो बनाउने गरेका छन्। प्रदर्शनकारीहरू केही दिनदेखि पोलियूमा कब्जा जमाएर बसेका छन्।

सोमवार भएको झडपमा प्रदर्शनकारीले प्रहार गरेको बाण खुट्टामा लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को