राजनीति

देउवा-पौडेल पक्ष विवाद मिलेन, काँग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबारका लागि निर्धारित बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्थासम्बन्धी विषयमा आन्तरिक सहमतिको प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए