नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयक फिर्ता लिन कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलको कार्यालयले सोमबार विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विधेयकबाट नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने भन्दै संविधान प्रतिकूल ऐन बनाउने कार्य काँग्रेसलाई स्वीकार्य नभएको उल्लेख गरेका छन् ।

प्रस्तुत भएको विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको टिप्पणी गर्दै विधेयकलाई तत्काल फिर्ता गर्न काँग्रेस संसदीय दलले माग गरेको छ । साथै संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता हित विपरीत हुने खालका विधेयक प्रस्तुत नगर्न सरकारलाई काँग्रेसले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका

प्रधानमन्त्री दाहालको दलको संसदीय शक्ति बुझेको चीनले दिएन भ्रमणलाई महत्व

केशवप्रसाद भट्टराई । १. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको मूख्य कार्यक्रम सकियो

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु