कलाकार भट्टराई र क्षेत्रीको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि

आममाफी दिने सरकारको निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, पुनर्विचार गर्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको भारी हो भनेर

कोशीका मुख्यमन्त्री कार्कीद्वारा दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार

राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो : महासचिव पोखरेल

  काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै