कांग्रेसको विवाद समाधानका लागि देउवा र पौडेल पक्ष सहमति नजिक



काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको विवाद सहमति नजिक पुगेको छ । सोमबार बिहान वरिष्ठ नेता पौडेल समूहले वार्ताका लागि गठन गरेको समिति र संस्थापन पक्षबाट समन्वय गरिरहेका उपसभापति विमलेन्द्र निधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको हो ।

नेताहरुबीचको छलफल सहमति नजिक पुगेको नेता प्रकाशमान सिंहका प्रेस सहयोगी एवं नेविसंघका नेता युपी लामिछानेले जानकारी दिएका छन् । असन्तुष्ट पक्षलाई मनाउन कांग्रेस उपसभापति विमलेन्द्र निधि पौडेल समूहका नेताहरुसँग छलफल गर्न केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए ।

लामिछानेले भने,‘ नेताहरु बीचको छलफल भरखरै सकिएको छ सहमति नजिको पुगेको छ । केही प्राबिधिक कुराहरु मिलाएर ठोस सहति जुटाउने गरि छलफल निरन्तरता दिने गरि सहमति खोज्ने प्रयास जारी रहेको छ।’ यसअघि शनिबार बेलुकी पनि उपसभापति निधिले सोही समितिसँग समस्या समाधानको प्रयास स्वरुप वार्ता गरेका थिए ।

नेताहरुले उक्त वार्ता सकारात्मक रहेको बताए पनि निष्कर्ष भने निकाल्न सकेका थिएनन् । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेस भएका एजेण्डा सहमतिमै पारितका लागि सभापति शेरबहादुर देउवा शनिबार बिहान उपसभापति निधिका साथ वरिष्ठ नेता पौडेललको निवास बोहराटार पुगेका थिए ।

उनले बैठकमा उपस्थित हुन आग्रह गरे पनि नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म बैठकमा उपस्थित नहुने अडान राखेका थिए । सभापति देउवासँगको छलफलपछि नेता पौडेल शनिबार पाथीभरा देवीको दर्शनका लागि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा

बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक

मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ ।