एसिया कप राइजिङ स्टार्समा नेपालले पहिलो जित


काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आइतबार नेपालले 
पराजित गरेको हो । टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ३९.५ ओभरमा १२१ रनमै अलआउट गर्यो । नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले ३–३ विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले कुशल भुर्तेलको ५७ रनको अर्धशतकीय योगदानमा २२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मयन यादवले २७ र बसिर अहमदले १८ रन बनाए । भारतसँग ३०६ रनको लज्जास्पद हार बेहोरेको नेपालले यस जितसँगै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।