कांग्रेस मुख्यालयमा नेविसंघको रिले अनसन सुरु



काठमाडौं । नेपाली कांग्रेसको मुख्यालयमा नेपाल विद्यार्थी संघको एउटा समूहले बुधबारदेखि रिले अनशन सुरु गरेको छ । ३२ वर्षे उमेरहदसहितका माग पूरा हुनुपर्ने अडानसहित नेविसंघको एउटा समूहले रिले अनशन सुरु गरेको हो ।

बुधबार पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन् । निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिए ।

सानेपामा पद्मा भुसाल, मनिता सिटौला, बिन्दा बोगटी, रोस्मिता कार्की र रुपा पोख्रेलसहितलाई पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले माला लागाइदिँदै रिले अनसन सुरुवातको घोषणा गरेका छन् । रिले अनशनमा बसेका विद्यार्थीहरुले पार्टीले आफूहरुका माग पूरा नगरेमा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा

संविधान संशोधनमार्फत प्रदेशसभाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

संवैधानिक इजलासलाई प्रभावकारी बनाइने

काठमाडौँ  ।  सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन