काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । आज बिहान १०ः४० राजघाट पुगेर प्रधानमन्त्रीले गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । अब हैदराबाद हाउसमा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैैछन् ।

प्रतिक्रिया