समाचार

सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ’सिद्धबाबा’ लाई तीन लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।