सीपी गजुरेलसहित नेकपा क्रान्तिकारीका १५ नेता कार्यकर्ता पक्राउ



काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमुख सीपी गजुरेलसहित १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सीपी गजुरेल, परी थापालगायत छन् । जुलुससहित सिंहदरबार जान खोजेका उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते समेत भएका छन् ।
उनीहरुले एमएमसी, लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत राष्ट्रियता सवालमा उपप्रधानमन्त्री पोखरेललाई ज्ञानपपत्र बुझाउन खोजेका थिए । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला

फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार