समाचार

प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो महराविरुद्धको अनुसन्धान प्रतिवेदन, अब के हुन्छ ?

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको आरोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयलाई शुक्रबार जिम्मा लगाएको जानकारी दिएका छन् ।