युवतीको बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका लिलाराज गौतमलाई नेपाल ल्याइयो



काठमाडौं । बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका एक नेपाली अभियुक्त अमेरिकामा १९ वर्षपछि पक्राउ परेका छन् । झापा चन्द्रगढी–३ घर भई हाल अमेरिकामा बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।

लिलाराज विरुद्ध २०७४ मंसिरमा रेड नोटिस जारी भएको थियो । गौतमलाई बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको छ । उनी सन् २०१८ फ्रेबुअरी ३ मा अमेरिकामा पक्राउ परेका थिए ।

२०५७ साल असोज २९ गते गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी–३ की एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सर्वोच्च अदालतले ०६६ भदौ १९ गते उनीहरुलाई जन्मकैदको सजाय सुनाएको थियो ।

गौतमलाई आवश्यक कारवाहीको लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ५० हजार घुससहित पक्राउ

बुटवल । रुपन्देहीमा ५० हजार घुससहित दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनाले पार्ने तीनवटा दूरगामी असर

सुरेश आचार्य । सर्वोेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेकोमा लोकतन्त्रमा फैसलाको विरोध

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहान ट्रकले ठक्कर दिँदा सफारी रिक्सा

पहिलो चरणमा चार लाख २९ हजारले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३०