सर्वोच्चले उल्टायो पुनरावेदनको फैसला, पूजा बोहरामाथि सामूहिक बलात्कार गर्ने भट्ट र अवस्थी दोषी ठहर



काठमाडौं । सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ । विसं २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको सुनाएको थियो ।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो ।

तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ । पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गरेकी थिइन् ।

एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर–३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर–२ को चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउने

प्रविधिको क्षेत्रमा विकास हुँदै गएका च्याटजीपीटी जस्ता आर्टिफिशल इन्टेलिजन्स(एआई)ले संसारभर ३० करोडभन्दा बढी

राहदानी विभागको टोली पोर्चुगलमा

लिस्वन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी

आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन