नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त



काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ । वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई यो अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ आंै सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई नेपालले प्राप्त गरेको अवार्ड प्रदान गरिएको थियो । सोही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिए ।

उनले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टमाथि आक्रमण

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक

तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते

युक्रेन-रुस युद्धमा तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको