प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो महराविरुद्धको अनुसन्धान प्रतिवेदन, अब के हुन्छ ?



काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको आरोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयलाई शुक्रबार जिम्मा लगाएको जानकारी दिएका छन् ।

अब सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने निर्णय गर्ने छ । अब सरकारी वकिल कार्यालयले तिहारलगत्तै अभियोग पत्र दर्ता गर्नुपर्ने छ ।

संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका थिए । प्रहरीले गत असोज १९ गते महरालाई सरकारी निवासबाट पक्राउ गरेको थियो।

पीडित भनिएकी रोशनी शाहीले भने अदालतमा निवेदन दिँदै महराबाट कुनैपनि किसिमको दुव्र्यवहार नभएको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक सुरक्षाका कार्यक्रमका लागि एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि एक खर्ब ५७

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने

  काठमाडौं । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा

वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने

काठमाडौं  सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई