विश्व

भारत सरकारद्वारा आफ्नो देशको नयाँ नक्सा जारी

भारत सरकारले शनिवार जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक नयाँ नक्सा जारी गरेको छ। यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो। त्यहाँको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा भनेको छ: केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला हुनेछन्- करगिल र लेह।