बेल्ट एण्ड रोड कार्यक्रमसँग जोडिएका मुलुकहरूमा चीनको १० अर्ब लगानी



चीनको बाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्च गरेको जनाएको छ ।

यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२ दशमलव ४ प्रतिशत हो ।

खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा लगानी भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन् ।

यो लगानी रकम गत बर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४ प्रतिशतले बढी हो । नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९ दशमलव २ प्रतिशत रहेको देखिएको छ ।

‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भइ सम्पन्न भएका आयोजनाको कुल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत बर्षको अक्टोबरसम्मको तुलनामा ४ दशमलव ४ प्रतिशतले कमी हो । करार भइ सम्पन्न भएका आयोजनाको कुल प्रतिशत ५४ दशमलव ७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्वीटरमा एलन मस्कका सबैभन्दा धेरै फलोअर्स

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको

रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने

रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ

इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको