यसरी पिटियो व्यभिचारीलाई इन्डोनेशियामा



व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ।

परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको हो।उनीसँग सम्बन्ध राख्ने महिलालाई भने २३ पटक बेतको छडीले हानिएको छ।

इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ।आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडी हानिन्छ।

“यो अल्लाहको कानुन हो। जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,” आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले भने। एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकलापमा संलग्न रहेको बेला उनीहरू समातिएका थिए।

उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको हुसेनीले बताए।

दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ।

आचेमा काउन्सिलले स्थानीय सरकार र संसद्‍लाई शरिया कानुन बनाउन र लागु गर्न सहयोग गर्छ।सन् २०१७ मा त्यहाँ दुई पुरुषलाई यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेपछि ८३ पटक बेतको लौरोले हानिएको थियो।

यसरी लौरोले हिर्काउने व्यक्तिले परिचय नखुलोस् भनेर आँखाबाहेक अरू सबै शरीर छोपेका हुन्छन्। यस्तो सजाय सार्वजनिक स्थलमा दिइन्छ। तर बालबालिकालाई त्यो हेर्ने अनुमति छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

युक्रेन–रुस युद्धमा रणनीतिक हिसाबमा महत्वपूर्ण रहेको स्नेक आइल्यान्डबाट रुसी फौज पछाडि हटेको छ

मङ्गोलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ

युक्रेनलाई रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर

फर्डिनान्ड मार्कोस फिलिपिन्सको राष्ट्रपतिमा विजयी

फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिँदैछन् ।