ट्रम्पविरुद्ध महाभियोग छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित



अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने एउटा प्रस्ताव पारित गरेको छ।

त्यसमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ। संसद्‌मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाहिँ थिएन।

डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे वा नरहेको कुराको यो पहिलो औपचारिक परीक्षण थियो।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ। प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो।

हाउस अफ रेप्रेजेन्टेटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार पनि निर्धारण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलंकामा इनार खन्न लाग्दा ५१० किलो नीलमणि फेला

श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको छ

डारफोरबाट शान्ति सैनिक फिर्ता

संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । डारफोरमा

दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढ्दै

कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का

अमेरिकी संसद्को दङ्गामा आफूलाई भिडद्वारा मारिने डर लागेको प्रहरी अधिकृतको भनाइ

अमेरिकी संसद्मा गत जनवरीमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूद्वारा निम्त्याइएको दङ्गाका बेला क्यापिटल भवनको