उपभोक्ताले पनि प्रयोग गर्न थाले चीनमा मोबाइलमा फाइभ जी



चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (5G) सेवा उपलब्ध गराउन थालेका छन्।

राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीवारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन्।

प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने प्रयासमा छ। व्यापार र प्रविधिमा अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको बेला चीनले द्रुत गतिको यो सेवा सञ्चालन गर्न थालेको हो। दक्षिण कोरिया, अमेरिका र यूकेले यही वर्ष फाइभ जी सुरु गरिसकेका छन्। फाइभ जी मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता हो।

यसबाट सामग्री छिटै डाउनलोड र अपलोड हुन्छ। यसको कभरेज बृहत्तर हुन्छ तथा कनेक्शन अझ बढी स्थिर हुन्छ। चिनियाँ दूरसञ्चार कम्पनीहरू आगामी वर्ष फाइभ जी सेवा सुरु गर्ने योजनामा थिए। तर त्यो योजना परिवर्तन भयो र फाइभ जी चाँडै सञ्चालन आयो।

फाइभ जी सेवा बेइजिङ र शाङ्घाईसहित चीनका ५० वटा सहरमा उपलब्ध छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार १२८ यूआनदेखि ५९९ यूआन (करिब २,००० देखि ९,६०० नेपाली रुपैयाँ) प्रतिमहिना शुल्क तिरेर यो सेवा लिन सकिन्छ।

फाइभ जी सञ्जाललाई सबल बनाउन यो वर्षको अन्त्यसम्ममा १,३०,००० वटा बेस स्टेशनलाई क्रियाशील बनाइने सरकारले जनाएको छ। सो हुँदा यो संसारकै सबैभन्दा ठूलोमध्ये एउटा फाइभ जी सञ्जाल हुने बताइएको छ।

प्रविधिको क्षेत्रमा चीन र अमेरिकाबीच भइरहेको सङ्घर्षमा चिनियाँ प्रविधि कम्पनी ह्वावेई पनि देखिएको छ। ह्वावेईले चीनको फाइभ जी सेवाका लागि ठूलो परिमाणमा उपकरण उपलब्ध गराएको छ।

फाइभ जी सञ्जाल विस्तारका लागि आवश्यक उपकरणको विषयमा उसको अरू देशसँग पनि वार्ता भइरहेको छ। तर उक्त कम्पनीको उपकरण प्रयोग गर्दा राष्ट्रिय सुरक्षा जोखिममा पर्ने भन्दै अमेरिकाले ह्वावेईलाई कालोसूचीमा राखेको छ। आफ्ना साझेदार राष्ट्रहरूले पनि ह्वावेईका उपकरण प्रयोग नगरून् भनेर अमेरिकाले चेतावनी दिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने

रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ

इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको

पानीजहाजमा आगलागी हुँदा फिलिपिन्समा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका