हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकमा केन्द्रित हुने



चीनको दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको घोषणा गरेको छ ।

बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् ।

हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ ।

प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् ।

उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो ।

दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ ।

थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उडिरहेको विमानबाट बगैंचामा मलमूत्र खसेपछि….

बेलायतको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो

चीनले हमला गरे अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

रुसको एक कारखानामा आगलागी हुँदा १५ जनाको मृत्यु

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान