जापानमा प्लाष्टिक झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाइने



वातावरण संरक्षणका लागि जापानका किराना पसल, सुपरमार्केट तथा औषधी पसलमा प्लाष्टिकको झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाउन सरकारको एक समिति सहमत भएको छ ।

टोकियो ओलम्पिक्स पूर्वसन्ध्या अर्थात् सन् २०२० को जुलाईदेखि प्लाष्टिक प्रयोगलाई विश्वका अन्य मुलुकमा जस्तै अतिरिक्त शुल्क लिने र प्लाष्टिकको प्रयोगलाई निरूत्साहन गर्ने वातावरणमैत्री कदम जापानले चाल्न लागेको हो ।

तर प्लाष्टिकको झोला प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क भने खुद्रा व्यापारीहरू आँफैले सहमतिमा तोक्नेगरी समितिले योजना अघि सारेको छ । सरकारले उपभोक्तालाई खुद्रा सामान किन्न जाँदा झोला बोकेर जानुपर्ने वानी बसाल्न प्रयास गर्ने र उनीहरूलाई सरकारले प्लाष्टिकको झोलालाई निरूत्साहित गर्नुको कारण बुझाउन जानकारीमुलक अभियानसमेत चलाउने र उनीहरूको जीवनशैलीलाई परिवर्तन गर्ने योजना शुक्रबार सार्वजनिक सरकारी योजनामा छ ।

यसै बर्षको जुनमा जापानको ओसाका शहरमा भएको विश्वका प्रमुख अर्थतन्त्र भएका यूरोपेली संघसहित १९ राष्ट्रहरूको संगठन जी–ट्वन्टी सम्मेलनले समुद्रमा प्लाष्टिकको मात्रालाई कम गर्न गरेको सहमति अनुसार जापानको यो कदम चालेको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार अमेरिकापछि प्लाष्टिकजन्य फोहोर उत्पादनमा खासगरी जापानको भूमिका बढी रहेको छ ।

यसलाई लिएर वातावरण संरक्षण अभियानकर्मीले यस पूर्वी एशियाली मुलुकको आलोचना गरिरहेका छन् । जापानले अन्य देशको तुलनामा फोहोर व्यवस्थापन प्रणालीलाई चुस्त पारेको छ ।

जापानको ८६ प्रतिशतभन्दा बढी प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरेको सरकारको दावी रहेको छ । तर धेरैजसो पुनः प्रयोगमा ल्याइने प्लाष्टिक जापानमा उर्जा उत्पादन गर्नका लागि प्रयोग हुने र यसबाट कार्बन डाइअक्साइड निस्किने र यसले जलवायु परिवर्तनमा भूमिका खेल्ने गरेको हुन्छ ।

जापानले यहाँ उत्पादन हुने १० प्रतिशत प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउनका लागि समुद्रपार पठाइने गरिन्छ । तर सही तरिकाले प्लाष्टिकलाई व्यवस्थापन नगरिँदा वा प्लाष्टिकलाई अव्यवस्थितरूपमा फाल्दा अन्ततः समुद्रमा पुग्ने वा जलाउँदा यसबाट वातावरणमा हानीकारक प्रदुषण फैलिने गरेको वातावरणविद्ले बताउछन् ।

सन् २०१८ मा जापान सरकारले प्लाष्टिक फोहोरलाई व्यवस्थापन गर्ने प्रस्ताव ल्याएको छ । जसबाट जापानले सन् २०३० सम्ममा हरेक बर्ष एक चौँथाईका दरले हालको ९४ लाख टन प्लाष्टिक फोहोरलाई घटाउने लक्ष्य जापानको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउने

प्रविधिको क्षेत्रमा विकास हुँदै गएका च्याटजीपीटी जस्ता आर्टिफिशल इन्टेलिजन्स(एआई)ले संसारभर ३० करोडभन्दा बढी

आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा