मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत



इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीहरुले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् ।

टेलिभिजनमा बिहीबार प्रशारित एक सन्देशमा राष्ट्रपति सालेहले प्रधानमन्त्री अदेल अब्देल माहदी राजीनामा गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री पदका लागि अर्को कुनै व्यक्ति तत्काल तयार नरहेको पनि बताए ।

उनले नयाँ निर्वाचन कानुन र निगरानी आयोगमा सहमति हुनासाथ चुनाव गर्न आफू प्रतिबद्ध रहेको बताए । तर उनको सन्देशले प्रदर्शनकारीलाई खासै प्रभावित गर्न सकेको छैन । ७७ वर्षीय अब्देल माहदी इराकको प्रधानमन्त्रीमा एक वर्षअघि चुनिएका हुन् । उनलाई मोक्तादा सदर र संसदीय नेता हादी अल–अमेरीको समर्थन छ ।

तर पछिल्लो समय मोक्तादा सदरले प्रदर्शनकारीलाई समर्थन गरेका छन् भने अमेरी र अरु केही दलले सरकारलाई समर्थन गरिरहेका छन् ।

एक महिनादेखिको प्रदर्शनका कारण कम्तीमा २५७ जनाको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका छन् । गत सातामा मात्र एक सय जनाको ज्यान गएको इराकी मानव अधिकारी आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा भाङ उत्पादनलाई कानुनी मान्यता

जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ 

साउदी अरबको बजेट घाटा हुने प्रक्षेपण

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

  चीनले नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ