राजनीति

अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने संचारमन्त्री बास्कोटाको प्रस्ताव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने प्रावधान राख्नुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा भाग लिँदै बास्कोटाले क्षतिपूर्ति संचारगृहबाट भराउने व्यवस्था राख्नुपर्ने बताएका