शहीदको सपना पूरा गरेरै छाड्दै उपेन्द्र यादवको प्रतिवद्धता



लाहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएका छन् । १३ औं मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताएका हुन् ।

शहीदहरुको बलिदानीलाई खेर जान नदिने भन्दै अध्यक्ष यादवले शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका शहीदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गरेका थिए ।

मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा माघ ५ गतेलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।

दिवसको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले पर्साको वीरगञ्जमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश २ सरकारले अघिल्लो वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवस मनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री

अनावश्यक विदा, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुटको विषयमा लगातार काम गरिरहेको छुः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का

महाधिवेशन तयारीबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

काठमाडौँ ।  सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका