नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्छः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताएका छन् ।

कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धि अन्तरक्रियामा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुरा आएपनि नेपालका हिमाल सुरक्षित रहेका बताए । नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाई थियो ।

नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको उनले बताए । अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागी गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँगको सम्बन्ध सरकारबीच मात्रै सीमित छैनः भारतीय रक्षामन्त्री सिंह

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच

‘प्रधानमन्त्रीले बाहिरबाट निर्देशित भएर यस्तो कदम चाल्नु भएको हो कि भन्ने देखिँदैन’

-जयप्रकाश गुप्ता।  ० मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? -समस्याको जरो

प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोेध्ने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मालाई स्पष्टीकरण सोध्ने भएको छ ।

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ