आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य होइनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् ।

माघीको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताएका हुन् ।

उनले केही साथीहरु छुटेका, रेशमलागायका साथीहरु छुट्न बाँकी छ र उनीहरुलाई केही समयमा छुटाइने बताए । प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको बताए ।

उनले भने, मलाई ताकेर धेरै कुरा राख्नुभएको छ। म १७ हजार मान्छे मारेर आएको सत्य होइन। सत्य के हो भने १२ हजार मान्छे राज्यको तर्फबाट मारिएका हुन्,पाँच हजारको जिम्मा लिन्छु। हिजोका राजाहरूले १२ हजारको जिम्मा लिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री