रोचक

अन्तरिक्षमा जाने सोचमा हुनुहुन्छ ? नासाले चन्द्र अभियानका लागि खोल्दैछ आवेदन

विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्। विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ। नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ।