अन्तरिक्षमा जाने सोचमा हुनुहुन्छ ? नासाले चन्द्र अभियानका लागि खोल्दैछ आवेदन



विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्। विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ। त्यसका लागि उसले उम्मेदवारहरू खोजी गरिरहेको छ।

मार्च २ देखि ३१ तारिखसम्म त्यसका लागि आवेदन खुल्दैछ। त्यस्तो उम्मेदवार बनेर अन्तरिक्षयात्री बन्ने दक्षता के होलान्? सन् १९६० को दशकदेखि नासाले ३५० अन्तरिक्षयात्रीलाई छानेर तालिम दिएको छ। ती मध्ये ४८ जना कार्यरत छन्।

नासा अमेरिकी सङ्घीय निकाय भएकोले पहिलो प्राथमिकता अमेरिकी नागरिकलाई दिइन्छ। तर दोहोरो नागरिकता लिएकाले पनि आवेदन दिन पाउँछन्।

पूर्व ब्रिटिश अन्तरिक्षयात्री पिएर्स सेलर्सले ब्रिटेन छोडेर अमेरिकी नागरिक बन्दै आफ्नो सपना साकार पारेका थिए। उम्मेदवारहरूले विज्ञान वा गणित विषयको अध्ययन गर्दै स्नातकोत्तर सम्मको अध्ययन गरेको हुनुपर्ने नियम छ। चिकित्सक वा विमान चालक पनि योग्य ठानिन सक्ने भनिएको छ।

उनीहरूसँग दुई वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने भनिएको छ। अनलाइनमा आवेदन भरेपछि उम्मेदवारहरूको स्वास्थ्य जाँच हुने बताइएको छ। त्यसपछि उनीहरूले दुई वर्ष तालिम लिनुपर्ने छ।

तालिममा जाने उम्मेदवारहरूले जल सेनाको तालिम, प्राविधिक सीप, रोबोटिक्स् र रुसी भाषाको अध्ययन गर्नुपर्ने छ। नासाको लागि काम गर्न योग्य नहुनेहरूलाई अन्तरिक्षमा जाने अन्य अवसरहरू उपलब्ध छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा समय बिताउन पाएका २३९ अन्तरिक्षयात्री मध्ये १५१ जना अमेरिकी नागरिक हुन्। अन्य चाहिँ विश्वका अन्य देशका नागरिक हुन्।

नासाको तालिम लिन नपाउनेहरूसामु अरू विकल्प छन्। जस्तो कि भर्जिन ग्यालेक्टिक यो वर्षको अन्त्यतिर अन्तरिक्षमा पर्यटक लैजाने पहिलो निजी कम्पनी बन्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय

बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका