भारतको केरलामा भान्साको धाराबाट मदिरा बग्न थालेपछि…



दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन्।

सोमवार बिहान उनीहरूको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो। त्यसपछि आश्चर्यचकित बनेका मानिसहरूले अधिकारीहरूसमक्ष आफ्ना गुनासो राखेका थिए। छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको इनारको पानी दुर्घटनावश दूषित भएको पाइयो।

इनारनजिकै अधिकारीहरूले जफत गरेको ६,००० लिटर मदिरा नष्ट गरेर पोखिएको पाइयो। अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो। तर त्योपछि नजिकैको इनारमा पुग्न गएको रहेछ।

त्यहाँ रहेका इनारबाट केरलाको त्रिस्सूर जिल्लास्थित आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने गरिएको रहेछ।

त्यहाँका बासिन्दाले उजुरी गरेपछि अधिकारीहरूले तुरुन्तै आफ्नो गल्ती सुधार्न काम थालिहाले। तर पानी तानेर इनार सफा गर्न महिनौँ लाग्ने देखिएको छ।

मालिएक्क लले भने, “अहिले दैनिक ५,००० लिटरजति पानी आपूर्ति गर्ने व्यवस्था गरिएको छ। तर त्यो त्यहाँ बस्ने सबैलाई पर्याप्त हुँदैन।”

सरोकारवाला निकायका अधिकारीहरूले बीबीसीको प्रश्नको उत्तर दिएका छैनन्। केरला भारतमा सर्वाधिक मदिरा खपत हुने राज्य हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको