विमानको इन्जिनमा पैसा चढाउने चिनियाँ युवालाई १७ हजार अमेरिकी डलर जरिवाना



पहिलो पटक विमान यात्रा गरिरहेका एक चिनियाँ युवालाई विमानको इन्जिनमा पैसा चढाएकोमा जरिबाना गरिएको छ।  २८ वर्षीय युवालाई लक्की एयर नामक किफायती वायुसेवालाई १७ हजार अमेरिकी डलर तिर्न आदेश दिइएको छ।

सो विमानको एउटा इन्जिन नजिकै सिक्काहरू फेला परेपछि उडान रोक्का गरिएको थियो। चाओ लुले पूर्वी चीनको विमानस्थलमा गत वर्ष फेब्रुअरीमा विमान चढ्नु अगाडि शुभ यात्राको कामना गरेर सिक्का चढाएको स्वीकार गरेका थिए।

उनी जुलाईमा अदालतमा उपस्थित भएको भएपनि यो निर्णय हालै सार्वजनिक गरिएको हो। सो विमानको इन्जिन तल एक युआनका दुई सिक्का देखिएपछि उडान स्थगित गरिएको थियो।

त्यसपछि विमानको सुरक्षा जाँच गरिएको र अर्को विमानको व्यवस्था नभएसम्म यात्रुहरूलाई कुराइएको थियो। लुलाई प्रहरीले १० दिन हिरासतमा राखेको थियो।

अदालतमा लक्की एयरले सो घटनाले आफूलाई १७ हजार अमेरिकी डलरभन्दा बढी घाटा लागेको बताएको थियो। लुले भने वायुसेवाले यात्रुलाई विमानमा सिक्का चढाउन नहुने बताउनु पर्ने तर नबताएको तर्क गरेका थिए। अन्धविश्वासी यात्रुले विमानमा सिक्का चढाएको यो पहिलो घटना भने होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर

प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो

न्यु मेक्सिकोमा मोटरसाइकल र्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा